शुक्रबार, मंसिर १४ गते २०८१

‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’

‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • ‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’

    काठमाडौँ । प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काइ नदीमा पुल निर्माण हुन थालेको १३ वर्ष बित्दा समेत पुरा नभएको भन्दै उक्त पुल निर्माण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

    images

    बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद साँवाले आफुले उक्त पुल निर्माण सम्पन्न गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए ।

    ‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ ?’ भनेर प्रश्न गर्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने बताएका छन्।

    यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन  खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको उनको भनाइ छ।

    ‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो,’ बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका सांसद पन्तले भने, ‘त्यो अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिइयोस्।’

    पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ। ‘त्यो चिठी बल्लबल्ल फेला परेको छ रे, कारबाहीका लागि लेखिएको छ रे,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार