शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिनिधिसभाको बैठक आज पनि ,मन्त्रालयगत छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज पनि ,मन्त्रालयगत छलफल जारी रहने

अखबार दैनिक
बुधबार, जेठ ३० २०८१
  • प्रतिनिधिसभाको बैठक आज पनि ,मन्त्रालयगत छलफल जारी रहने

    जेठ ३० काठमाडौंं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।  संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ ।

    images

    संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । त्यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार