काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।
मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट र त्यसक्रममा भएका कुराकानीबारे जानकारी संसदलाई गराउनुपर्ने माग गरेका हुन् ।