काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । आज बजार ८.९० अंकले बढेर २०८२. ०९ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।