शुक्रबार, मंसिर १४ गते २०८१

प्रधानमन्त्री प्रचण्ड र भारतका नवनियुक्तमन्त्री जयशङ्करको भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका नवनियुक्तमन्त्री जयशङ्करको भेटवार्ता

अखबार दैनिक
सोमबार, जेठ २८ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र भारतका नवनियुक्तमन्त्री जयशङ्करको  भेटवार्ता

    जेठ २८ काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गरे । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा सोमबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवम् समझदारी कार्यान्वयनका विषयमा छलफल भएको छ ।

    images

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई हार्दिक बधाई एवम् कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबिच रहीआएको आपसी एवम् जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

    त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले दुई देशबीच भएका सम्झौता एवम् समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार