सोमबार, मंसिर १० गते २०८१

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमावाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमावाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

अखबार दैनिक
सोमबार, जेठ २८ २०८१
  • वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमावाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

    काठमाडौं । वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

    images

    नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप सिजीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो । सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

    टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

    वाइ वाइको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीको छ ।

    यसका साथै, वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ ।

    सोमबार पत्रकार सम्मेलनमार्फत चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    यसअघि नै वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार