शुक्रबार, मंसिर ७ गते २०८१

एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित

एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित

    काठमाडौं । एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, WACC 2024 मा यो पुरस्कार प्रदान गरिएको हो ।

    images

    यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकको भनाइ छ । एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको कार्यक्रममा चर्चा गरियो ।

    एनएमबी बैंक विगत २७ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा अनवरत् रूपमा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट समेत सम्मान पाइसकेको छ ।

    एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । यस बैंकको हाल देशभर २०१ शाखा, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ