मंगलबार, कात्तिक ६ गते २०८१

सुरक्षा निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठकाे निर्देशन

सुरक्षा निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठकाे निर्देशन

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • सुरक्षा निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठकाे निर्देशन

    जेठ २५ हेटाैँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।

    images

    b9d7a06e-40ee-4b9a-b626-4c9c20a3b2f7.jpeg

    शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बाेल्दै उनले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मातहतका सुरक्षा निकायहरूलाई निर्देशन दिएका हुन् । उनले मनसुन सुरु हुन लागेको भन्दै मनसुनजन्य विपद् बाट बच्नका लागि उच्च सतर्कता अपनाउन प्रदेशबासीहरुलाई अनुरोध पनि गरे । उनले मनसुनजन्य विपत्ति सामना गर्न प्रदेश सरकारले आवश्यक पूर्वतयारी गरेको बताए । उनले हेटौंडा, धुलिखेल र विदुरमा विपद् सामाग्रीहरू भण्डारण गरेको, सरकारको ३ वटै तह, ३ वटै सुरक्षा निकाय र सम्बद्ध संघसंस्थाहरूसँग समन्वय गर्दै विपद् पूर्वतयारीको कामलाई अगाडि बढाइरहेको जानकारी दिए । 

    bd583d6d-3959-453b-a52d-218addce0352.jpeg

    मन्त्री श्रेष्ठले समाजमा विपद् सुरक्षा संस्कृति निर्माण गर्नसके मानवजन्य विपत्ति नियन्त्रण र प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले प्रदेश सरकारले यस वर्ष केही पालिकाहरूमा विपद् स्वयंसेवक निर्माण र परिचालन गर्दै आएकोमा त्यसलाई बढाएर अभियानात्मक रूपमा स्वयंसेवक निर्माण र परिचालन गर्ने जानकारी दिए । उनले विद्यालयस्तरमा गएर विद्यार्थीहरूलाई विपद् सुरक्षा संस्कृति निर्माणका लागि पढाउने र सिकाउने जानकारी पनि दिए ।  मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य विपद् पुर्वतयारीका लागि जोड दिएर काम गरिरहेकाे बताए।

    116e3757-fb22-42b0-b03d-07ad432ccf7c.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ