शुक्रबार, मंसिर ७ गते २०८१

सुनको भाउले फेरि नयाँ रेकर्ड

सुनको भाउले फेरि नयाँ रेकर्ड

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • सुनको भाउले फेरि नयाँ रेकर्ड

    काठमाडौं । सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो ।

    images

    शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ