आइतबार, मंसिर ९ गते २०८१

दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक

दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८१
  • दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक

    काठमाडौं । दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

    images

    यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गते उच्च मूल्य प्रतिऔंस २४५० डलरसम्म पुगेको सुन बिहीबार (साढे १० बजे) २३६८ छ । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार