बिहीबार , मंसिर ६ गते २०८१

पत्रकार महासंघमा कस्तो नेतृत्व छान्ने ?

पत्रकार महासंघमा कस्तो नेतृत्व छान्ने ?

अखबार दैनिक
बुधबार, जेठ २३ २०८१
  • पत्रकार महासंघमा कस्तो नेतृत्व छान्ने ?

    जेठ २३ काठमाडौं । प्रत्येक तीनवर्षमाहुने नेपालपत्रकार महासंघको निर्वाचनको मितियहि जेठ २६ गतेकालागि एक महिना अघि सम्पन्नमहाधिवेशनले तोकेको छ । ७७ जिल्ला, भूगोल र प्रतिष्ठान एवं एसोसिएट्सहितका १० प्रदेश र केन्द्रीय समितिकालागि एकै दिन एकै समयमाप्रत्यक्ष प्रणालीबाट निर्वाचनहुनलागेको यो दोस्रो पटक हो । तर निर्वाचनको मिति तय भएसँगै महासंघले केन्द्रीयनिर्वाचन समितिलाई मतदाताको अन्तिमनामावलीदिननसक्दानिर्वाचनहोलाकिनहोलाभन्नेमाअन्यौल सिर्जनाभएको छ । जिल्लाशाखाहरुले पठाएको नामावालीमाप्रदेशले थपघट गर्ने र प्रदेशले पठाएको नामावलीमा केन्द्रले कैचीचलाउने राजनीतिक खेल खेल्दामहासंघको केन्द्रीयकार्यालय, उपत्यकाप्रदेश कार्यालय र काठमाडौैं शाखाकार्यालयमा एक हप्ता अघिदेखि बिभिन्न राजनीतिकदलकाभातृ संगठनहरुले तालाबन्दी गरेका छन् ।

    images

    सदस्यता सुद्धिकरणको नाममाभएको राजनीतिले गर्दा कतिपयइमान्दार, कर्मठ नयाँ सदस्यहरुले महासंघको सदस्यताप्राप्तगर्नसकेका छैनन् भने कतिपय कृयाशीलपत्रकारहरुको सदस्यता काटिएको छ । अरुलाई सुशासनको पाठ सिकाउने, खबरदारी गर्ने र राज्यको ‘चौथो अंग’भनि सर्वस्वीकार्य पत्रकारिता पेसा नै अहिले राजनीतिकदलको, त्यस भित्रपनिबिभिन्नगुट, समूह र व्यक्तिको तारिफ गर्ने, उछितो काड्ने र पद हत्याउने धन्दाबनेको छ ।पत्रकारको छाता संगठनका कतिपय नेताहरु नै खुलेआम यस्तो कलेबरमा देखिँदात्यसको बाछिटा पत्रकार महासंघको निर्वाचन, सदस्यतानवीकरण, सुद्धिकरण र नयाँ सदस्यताप्रदानसम्मपुगेर सबैले देख्नेगरी मझेरीमैछचल्किन पुगेको हो ।

    नागरिकको अगुवा सामाजिक संस्थाको रुपमापहिचानबनाएको पत्रकार महासंघमा पत्रकारितागर्ने कृयाशीलश्रमजीविपत्रकारले नेतृत्वगर्नुपर्नेमापत्रकारिताको नाममा अनेकधन्दाचलाउनेहरु पैसा र राजनीतिकशक्तिका आडमा नेतृत्वमापुग्नाले श्रमजीविहरुका मुद्धा ज्यूँकात्यूँ छन् । श्रमजीविपत्रकारहरुको स्थिती संकटग्रस्त छ । न्यूनतमपारिश्रमिकनिर्धारण समितितलवखाएर बस्ने अड्डा मात्रबनेको छ । २०४६ सालको राजनीतिकआन्दोलनको सफलतापछि खुलेका ठूला भनिएका मिडिया नैं अहिले संकटमा परेका छन् । कुनै समय २४ पेजसम्मप्रकाशनहुने दैनिकपत्रिकाहरु दुब्लाएर आठ पेजमापुगेका छन् । महासंघको नेतृत्वगर्न पुगेकाहरुलाई यसबारे कुनैपनिचासो र चिन्ता देखिँदैन ।

    नेताभनिएकापत्रकारहरु र नेताबन्नतीव्र इच्छा जनाएकाहरु निर्वाचनको मिति घोषणा हुनुभन्दा ६ महिना अघिदेखि नै अनुसन्धानमूलक लेख, विश्लेषण आदि लेख्न छोडिसकेका छन् । लेखमाआफ्नो धारणा पनिमिसिने र निस्कर्ष पनिदिनुपर्ने भएकाले त्यसलेखप्रति फरक मत राख्नेहरुले आफूलाई मतदानगर्देनन् भनेर पत्रकारहरुले विश्लेषणात्मक लेख लेख्न छोडेकाहुन् । यसले पत्रकारितालाई भुत्ते बनाउँदै लगेको छ । ‘सेल्फ सेन्सरसीप’ बढ्दो मात्रामा छ ।हिजोआज‘ब्रेकिङ न्यूज’कोहोडबाजिमा ‘कन्फ्रिक्ट अफ इन्ट्रेस्ट’ काविषयप्रकाशन÷प्रसारण गर्दा समग्र पत्रकारितामाथि नै अविश्वास पैदा भएको छ ।अहिलेको पत्रकारिताअग्रगामी र ओझेलमा परेकाअजेण्डा उठान गर्नमाभन्दाव्यवसायीक रुपमा नाफा\घाटामा रुमलिएको छ । यसले पत्रकारिताको ‘वाच डग’को भूमिकालाई मार्ने काम गरेको छ । 

    हिजो व्यवस्था परिवर्तकालागि ‘मिसनपत्रकारिता’गर्ने पत्रकारहरु आजदुःख र संकटको घडीमा छन् । उनीहरुलाई पनिआजको युगमाबाँच्नसक्ने बनाउनपत्रकार महासंघको अवको नयाँ नेतृत्वले सोच्न जरुरी छ । पत्रकार महासंघको निर्वाचनमाजितेर फोटो टाँस्नु मात्र सफलताहोइन, महासंघलाई अवएनजीओ–आईएनजीओकरण हुनबाट जोगाएर सच्चाश्रमजीविहरुको हकअधिकारको लागिनिर्भीकतापूर्वक आवाजबुलन्दपार्न सक्ने, लड्ने, भिड्ने ट्रेड युनियनबनाउन जरुरी छ । 

    अवको पत्रकार महासंघको नयाँ नेतृत्वको काँधमाझन ठूलो जिम्मेवारी थपिनेवाला छ । अवको नेतृत्वले स्वरोगारमूलक मिडिया बचाउँनकालागि सरकारसँग सस्तो ऋणको व्यवस्थाकालागिआवाज उठाएर त्यो हातपार्नेगरी भिड्नु पर्नेछ । पत्रकार महासंघलाई राजनीतिकदलहरुको भातृ संस्थाको रुपमाहोइन, स्वतन्त्र संस्थाका रुपमापहिलाको जस्तै छवि निर्माण गर्न दलीय गठबन्धन भन्दापनि स्वतन्त्र, निस्पक्ष, इमान्दार, श्रमजीवि, अध्ययनशील र बौद्धिकहरुलाई मतदानमार्फत विजयीबनाउनु जरुरी छ । कतिपयपत्रकारहरु नैं पत्रकार महासंघमा चाहिने भन्दा बढि राजनीतिभएको भन्दै त्यहाँअवहर्क साम्पाङ र बालेन साह जस्तै स्वतन्त्र, निश्पक्ष, व्यावसायीकपत्रकार चुनिएर नेतृत्वमाआउनुपर्नेमाजोड दिनथालेका छन् ।

    पत्रकार महासंघमा राजनीतिकदलका नेता–कार्यकर्ता भन्दापनि स्वतन्त्र छवि बनाएकापत्रकार जितेर आउन जरुरी छ । तर बिडम्बना, नेपालमात्यस्तापत्रकार अवबाँकी छैनन् भन्दापनि फरक पर्दैन । राजनीतिकदलकापत्रकार सम्बन्धीभातृ संस्थाहरुमा नेकपामाओवादी केन्द्रको प्रेस सेन्टर, नेपालीकांग्रेसको प्रेस युनियन, नेकपाएमालेको प्रेस चौतारी, नेकपा समाजवादीको समाजवादी प्रेस संगठन, मधेश निकट राजनीतिकदलहरुको प्रेस मञ्च नेपाल, र अन्यदलहरु निकटमा प्रगतिशीलपत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ आदि छन् । भोलिकादिनमायीनै दल निकटका नेताले सञ्चालन गरेका सञ्चारमाध्यममाश्रमजीविपत्रकार ऐन कार्यान्वयनभएनभने ती मिडिया सञ्चालकलाई कानुनबमोजिमकारबाहीगर्न सघाउने र प्रेस विज्ञप्ति जारी गर्ने सन्दर्भमा नेपालपत्रकार महासंघले खुट्टा कमाउँछ । पछिल्लो ज्वलन्तउदाहरण झिल्को डटकम हो ।झिल्को डटकमको अध्यक्षमामाओवादी निकट प्रेस सेन्टरका केन्द्रीयउपाध्यक्षनिर्मल ज्ञवाली छन् भने अर्का सञ्चालकमा सोही संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ छन् । तर उनीहरु स्वयम्ले नै सो अनलाइनमाश्रमजीविपत्रकार ऐनको कार्यान्वयन गरेका छ्रैनन् । सो अनलाइनको सम्पादकले बिगत ६ महिनादेखि पारिश्रमिकप्राप्तगर्न सकेका छैनन् भने सम्पादकलाई कामगर्ने वातावरण पनिसिर्जनाभएको छैन । बिगत ६ वर्षदेखि सम्पादकको नेतृत्वगरिरहेकाव्यक्तिलाई कामगर्नेभएश्रमदानगर्नु नभएतलबदिन सकिँदैन भनेर हतोत्साहितपार्ने गरिएको बरेमा नेपालपत्रकार महासंघको केन्द्रीयकार्यालयमाउजुरी दिँदा समेत समस्या समाधानमामहासंघको कुनै चासो देखिएको छैन । किनकी नेपालपत्रकार महासंघको केन्द्रीयमहासचिवमा रोसन पुरी छन्, जो माओवादी निकट पत्रकार हुन् ।

    पात्रकारितामा राजनीति घुसेपछि स्वतन्त्रता र ‘वाचडग’को भूमिकामै प्रश्नचिन्ह खडा भएको छ । अतः नेपालपत्रकार महासंघको आगामी नेतृत्व कस्तो छान्ने तपाइँ–हामी सबै श्रमजीविपत्रकारको हातमाजिम्मेवारीको ल्याप्चे आइपुगेको छ । त्यो ल्याप्चेलाई सही ठाउँमा ठोक्न सकियो भने त्यसले आगामीतीनवर्षसम्म सच्चापहरेदारी गर्ला, होइनभने पर्चाकारिता !
    लेखक : फणीन्द्र फुयालज्वाला

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ