जेठ २३ काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।