शुक्रबार, मंसिर १४ गते २०८१

माओवादी सांसदले अर्थमन्त्रीसँग मागे बजेट क्यालेन्डर

माओवादी सांसदले अर्थमन्त्रीसँग मागे बजेट क्यालेन्डर

अखबार दैनिक
सोमबार, जेठ २१ २०८१
  • माओवादी सांसदले अर्थमन्त्रीसँग मागे बजेट क्यालेन्डर

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् ।

    images

    क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने उनको भनाइ छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ’ सांसद सापकोटाले भने । काम गर्नेलाई पुरस्कृत र नाक नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्ने उनको सुझाव छ ।

    सांसद सापकोटा थप्छन्, ‘ठेक्का लगाउने कार्यालय, बजेट म्यानेर उहाँहरु सबैले राम्रोसँग अनुगमन र जवाफदेही भएर काम गरे पनि तलब पाक्ने, हुने नहुने जस्तो पनि छ । काम गरे पुरस्किृत हुने काम नगरे दण्डित हुने गरी हामीले बजेट क्यालेन्डर बनाएर जानुपर्ने आवश्यकता म देख्दछु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार