शुक्रबार, मंसिर १४ गते २०८१

‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’

‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’

अखबार दैनिक
सोमबार, जेठ २१ २०८१
  • ‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् । 

    images

    प्रतिनिधिसभा बैठकमा आज शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् । 

    ‘अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो,’ गौतमले भनिन् ‘राज्यका दुई अंगबिचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन ।’ 

    स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको भन्दै यसतर्फ गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार