शुक्रबार, मंसिर १४ गते २०८१

बजेटमाथि बोल्दै रघुजी पन्तले भने : ,‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ

बजेटमाथि बोल्दै रघुजी पन्तले भने : ,‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ

अखबार दैनिक
सोमबार, जेठ २१ २०८१
  • बजेटमाथि बोल्दै रघुजी पन्तले भने : ,‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी हुन नसकेको बताए ।

    images

    कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको बताए ।

    ‘बजेट आफैँभित्र केही अन्तरविरोधी छ । कृषि लगानी दशकको घोषणा गरेको छ । तर, कृषि मन्त्रालयको बजेट नै घटेको छ’ उनले भने । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, ‘फुल फुल्न त फुल्या छ, भिरैभिरमा छ । जिन्दगी चल्न त चल्या छ पिरै पीरमा छ ।’ यो गीतले मुलुकको यथार्थता देखाएको उनको भनाइ छ । बजेट ल्याएको तर, कार्यान्वयनमा जान सकिन्छ कि सकँदैन भन्नेमा दुविधा रहेको उनले बताए । बजेटका लक्ष्य पूरा हुन्छ कि हुँदैन भनने सन्दर्भमा सांसद पन्तले गीत सम्झिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार