काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रताप वैद्य विजयी भएका छन् । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी रहेकोमा दुई जनालाई पराजित गर्दै वैद्य निर्वाचित भएका हुन् ।शनिवार भएको ४२औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा वैद्यले प्रत्यासी राजन मानन्धरलाई ३० मतान्तरले पराजित गरेका हुन् ।
वैद्यले ४८७, मानन्धरले ४५७ र वसन्तनारायण भोछिभोयाले ११७ मत प्राप्त गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार निर्वाचित भएका छन् । जसले ६४३ मत र ग्रुवेन तौजलेले ४०२ मत प्राप्त गरेका थिए ।
दुई जना उपाध्यक्षमा सुरेसभक्त भोछिभोया र उमेश शाक्य विजयी भएका छन् । विकास शर्मा तिमल्सिना र राजेन्द्र जोशीलाई पराजित गर्दै उनीहरू विजयी भएका हुन् । यसैगरी महासचिव पदमा रजित पलाञ्चोके विजयी भएका छन् । पलाञ्चोकेले ५६९ मत प्राप्त गरेका छन् भने प्रत्यासी यशकुमार रञ्जितले ४६५ मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजक विज्ञा द्यौगेडा, सचिवमा कृष्ण लाल श्रेष्ठ, सहसचिवमा राजकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) र सह मुख्य संयोजकमा रवि तौजले विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरूमा हरिषचन्द्र अधिकारी, निर्दाेष पलाञ्चोके, रोशन खुप्पा श्रेष्ठ, राजनवहादुर ढकाल, रहदेव पोटे, सुजन मानन्धर, राजेन्द्र पसछे, नरेस राज कायस्थ, गौतम मानन्धर र सुमन चौप्रधान निर्वाचित भएका छन् ।