प्रधानमन्त्री केपी शर्मा ओली भन्दा अगाडि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् ।
आफू दुई दिन पछि चीन जान लागेको सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेकोे छलफलका क्रममा जानकारी गराएकी छिन् । ‘म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रस्तावित तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् । प्रस्तावित तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।