शुक्रबार, मंसिर १४ गते २०८१

प्रतिनिधिसभाको बैठक आज बस्दै,बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै,बजेटमाथि छलफल हुने

अखबार दैनिक
आइतबार, जेठ २० २०८१
  • प्रतिनिधिसभाको बैठक आज बस्दै,बजेटमाथि छलफल हुने

    जेठ २० काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्नेगरी संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । 
     
    आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१र८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images

    आर्थिक वर्ष २०८१र८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार