सोमबार, मंसिर १० गते २०८१

एनसेलले ल्यायो सुलभ दरमा अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

एनसेलले ल्यायो सुलभ दरमा अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • एनसेलले ल्यायो सुलभ दरमा अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याक

    एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन्। आम मानिसलाई मोबाइल डेटामार्फत सधै अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ।

    images

    एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो।

    यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन।

    डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र ७९ रूपैयाँ ८८ पैसामा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यस अघिको दैनिक १९० रूपैयाँ १८ पैसाको तुलनामा ५८ प्रतिशतले कम हो। 

    त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले कर सहित मात्र १९० रूपैयाँ १८ पैसामा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन्।  परिमार्जन अघि यी गन्तव्यहरूमा दैनिक डेटा रोमिङको शुल्क ६३३ रूपैयाँ ९३ पैसा रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ। ग्राहकले *१७१२९*२# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुरू गर्न सक्छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार