शुक्रबार, मंसिर ७ गते २०८१

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य,  कतिमा हुदैछ कारोबार ?

तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य,  कतिमा हुदैछ कारोबार ?

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य,  कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको हो ।  

    images

    यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ