जेठ १६ काठमाडौं । बुधबार शेयर बजार २३.८१ अंकले घटेको छ । आज १.१२ प्रतिशतले घटेर बजार २ हजार ८९.४२ अंकमा झरेर बजार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ ।
आज झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ वटाको मूल्य घटेको छ ।