शुक्रबार, मंसिर ७ गते २०८१

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

अखबार दैनिक
बुधबार, जेठ १६ २०८१
  • मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ ।

    images

    बाढी आएकोले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो ।बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले संचालनमा आएको आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए ।

    photo.jpg

    आयोजनाका कार्यकारी निर्देशक नेपालको अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाईप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनुका साथै आयोजनाको बाँध पूर्ण रुपले क्षती भएको थियो । यस आयोजन २०७६ असोज २० देखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।

    पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलामा अवस्थित इँवा खोला जलविद्युत आयोजनामा तत्कालिन बैङ्क अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेशनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ