शुक्रबार, मंसिर ७ गते २०८१

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

    १५ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

    images

    मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् ।

    जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।

    उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार