शुक्रबार, मंसिर ७ गते २०८१

५ लाखलाई रोजगारी दिन सूचना प्रविधि क्षेत्रमा ५९ करोड बजेट

५ लाखलाई रोजगारी दिन सूचना प्रविधि क्षेत्रमा ५९ करोड बजेट

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • ५ लाखलाई रोजगारी दिन सूचना प्रविधि क्षेत्रमा ५९ करोड बजेट

    सूचना प्रविधि दसक घोषणा गरेको सरकारले यस क्षेत्रमा ५९ करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ५९ करोड बजेट विनियोजन गरेको घोषणा गरे। उनले सूचना प्रविधितर्फ ३० खर्ब निर्यात गर्नेगरी योजना बनाइने बताए। उनले सूचना प्रविधि क्षेत्रमा प्रत्यक्षतर्फ ५ लाख र अप्रत्यक्षतर्फ १० लाखलाई रोजगारी दिनेगरी कार्ययोजना बनाइने बताए।

    images

    उनले सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको संबाहकको रूपमा लिने र डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ तरिकाले अगाडि बढाउने बताए। त्यस्तै उच्च गतिको इन्टरनेट उपलब्ध गराइने पनि उनले बताए।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार