शुक्रबार, मंसिर १४ गते २०८१

विभिन्न देशका प्रतिनिधिसँग परराष्ट्र सचिव लम्सालको भेट

विभिन्न देशका प्रतिनिधिसँग परराष्ट्र सचिव लम्सालको भेट

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • विभिन्न देशका प्रतिनिधिसँग परराष्ट्र सचिव लम्सालको भेट

    काठमाडौँ । साना टापु विकासशील राष्ट्रहरूको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले विभिन्न देशका प्रतिनिधिसँग हिजो साँझ भेटघाट गरेका छन् ।

    images

    युक्रेनी प्रतिनिधि मण्डलका प्रमुख एवं युक्रेनका राष्ट्रपति कार्यालयका प्रमुख इगोर जोभक्भासँगको भेटमा युक्रेन–रुस जारी युद्ध तथा नेपाल–युक्रेन सम्बन्धको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालय मन्त्रालयले जनाएको छ ।

    त्यसैगरि, सचिव लम्सालले संयुक्त राष्ट्रका उच्चस्तर प्रतिनिधि मण्डल रबाव फतिमासँग पनि छलफल गरेकी छिन् । उनीहरूको बिचमा अल्पविकसितहरूका लागि दोहा (डीपीओए) कार्यक्रमको कार्यान्वयनको विषयमा छलफल हुनुको साथै नेपालको ग्रेजुएशन र आगामी एलएलडीसी–३ सम्मेलनको बारेमा चर्चा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    हिजै एस्टोनियाली प्रतिनिधि मण्डलका प्रमुख एवं उपमन्त्री मीना लिना लिण्डसँग पनि सचिव लम्सालले भेटघाट गरेकी थिइन् । भेटको क्रममा नेपाल–इस्टोनिया बिचको द्विपक्षीय सम्बन्ध तथा संयुक्त राष्ट्र सङ्घको कार्यदिशा अन्तर्गतको सहयोग र आगामी बहुपक्षीय सम्बन्धको बारेमा छलफल भएको बताइएको छ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार