शुक्रबार, मंसिर १४ गते २०८१

कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

    काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन । दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । 

    बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक-फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए । चार दलको सामूहिक छलफल भने बैठकमा हुन नसकेन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार