जेठ ९ काठमाडौं । निरन्तर उकालो लागिरहेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार आज पनि बढेको छ ।
आज बजार १५.५५ अंकले बढेर २१३१.४९ विन्दुमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको कारोबार भएको छ । आज १६१ कम्पनीको मूल्य घट्यो भने ८१ कम्पनीको मूल्य बढेको छ । बाकी ५ कम्पनी स्थिर रहेको छ ।