काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार बढेको छ । आज सेयर बजार २७ दशमलव ५४ अंकले बढेर २०८९ अंकमा पुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कुल १३४ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ५ को स्थिर छ । अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको कारोबार भएको छ ।