शुक्रबार, कात्तिक ३० गते २०८१

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे

    काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

    images


    घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूाजी बजारमा एक दशकभन्दा लामो अनुभव छ । नेपाल लाइफ क्यापिटलमा आवद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्य सम्पादन गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सन्चालनमा विज्ञता छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार