सोमबार, जेठ ७ गते २०८१

बिहीबार सुनको मूल्य घट्यो

बिहीबार सुनको मूल्य घट्यो

अखबार दैनिक
बिहीबार , वैशाख २७ २०८१
  • बिहीबार सुनको मूल्य घट्यो

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार