शुक्रबार, जेठ ४ गते २०८१

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

अखबार दैनिक
बिहीबार , वैशाख २० २०८१
  • नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

    वैशाख २० काठमाडौंं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ ।सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।

    images

    सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार