आइतबार, वैशाख ३० गते २०८१

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो । 

    images

    यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ