मंगलबार, वैशाख २५ गते २०८१

कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेन : उपप्रधानमन्त्री यादव

कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेन : उपप्रधानमन्त्री यादव

अखबार दैनिक
बिहीबार , वैशाख १३ २०८१
  • कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेन : उपप्रधानमन्त्री यादव

    वैशाख १३ काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६औँ पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, ऊर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन् । 

    images

    बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले कृषिलाई औद्योगीकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बताए । उनले उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताए । 

    उपप्रधानमन्त्री यादवले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताए । 

    उनले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६औँ पञ्चवर्षीय योजनामा नराखिएको जानकारी दिए । नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने विषय पनि सरकारको प्राथमिकतामा नपरेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ