१० वैशाख, काठमाडौं । पूर्व पर्यटनमन्त्री सुदन किराँती मुन्दुम पदयात्रा मार्गको पदयात्रामा निस्किएका छन् । २ वैशाखमा खोटाङबाट पार्टी नेता कार्यकर्तासँग भेटघाटमा निस्किएका मन्त्री किराँतीले ५ दिन मुन्दुम पदयात्रा गरेका हुन् ।
यात्राका क्रममा सोलुखुम्बु, संखुवासभा र भोजपुरको संगमस्थलका रुपमा अवस्थित ४,३५५ मिटर उचाइको सिलिचुङ पहाड पनि चढेका छन् ।
सोही स्थानमा आयोजित किरात राईहरुको पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण समेत किराँतीले गरेका थिए । अहिले भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित विभिन्न गाउँहरुमा जनयुद्धका शहीद परिवार र घाइतेहरूसँग भेटघाट गरेका छन् । उनले यो यात्रा वशन्त यामभर चलाउने समेत बताएका छन् ।