शनिबार, वैशाख २२ गते २०८१

माओवादी निकट रिटर्नी सेन्टरको अध्यक्षमा साम्बाहाङ्फे निर्वाचित

माओवादी निकट रिटर्नी सेन्टरको अध्यक्षमा साम्बाहाङ्फे निर्वाचित

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • माओवादी निकट रिटर्नी सेन्टरको अध्यक्षमा साम्बाहाङ्फे निर्वाचित

    नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन रिटर्नी सेन्टरको अध्यक्षमा देवेन्द्र साम्बाहाङ्फे निर्वाचित भएका छन्।सेन्टरको पहिलो महाधिवेशनले अध्यक्षमा साम्बाहाङ्फेसहित १७ जना पदाधिकारी चयन गरेको हो। गत चैत ९ र १० गते चितवनमा सेन्टरको पहिलो महाधिवेशन भएको थियो।

    images

    महाधिवेशनबाट ९० जना केन्द्रीय सदस्य चयन भएका थिए। निर्वाचित केन्द्रीय सदस्यहरूले शनिबार काठमाडौंको पेरिसडाँडामा अध्यक्षसहित पदाधिकारी चयन गरेका हुन्।

    सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की, उपाध्यक्षमा भीम रोकाय, कृष्णकुमार सिंह, चेतना श्रेंग र नविराज खान निर्वाचित भएका छन्। यस्तै महासचिवमा विशाल भण्डारी निर्वाचित भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार