मंगलबार, वैशाख १८ गते २०८१

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको मत लिंदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको मत लिंदै

अखबार दैनिक
मंगलबार, वैशाख ४ २०८१
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज चौथोपटक विश्वासको मत लिंदै

    ४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिंन लागेका छन् । विश्वासको मत प्रोजनका लागि आज  दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

    images

    मधेश सरकारबाट निकालिएको कांग्रेसले चैत ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासका मत लिन लागेका हुन् ।

    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

    २७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जसपा संसदीय दलका नेता यादवले १५ महिनाको अन्तरालमा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले मुख्यमन्त्री बन्दा, एमालेले र जनमतले समर्थन फिर्ता लिंदा तीनपटक विश्वासको मत लिएका थिए ।

    १०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

    यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ