शनिबार, वैशाख २२ गते २०८१

एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

अखबार दैनिक
सोमबार, वैशाख ३ २०८१
  • एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

    ३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरेका छन् । यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनको दाबी छ ।

    images

    आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए ।

    एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीको यो निर्णय अराजनीतिक भएको बताए । उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

    आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार