शनिबार, वैशाख २२ गते २०८१

भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह : सांसद झा

भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह : सांसद झा

अखबार दैनिक
बुधबार, चैत २८ २०८०
  • भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह : सांसद झा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०४७ सालदेखि हालसम्म भएका सबै भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले हालसम्म भएका भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह गर्दै संसद्‍मा बोल्न पाउने अधिकारलाई कुण्ठित गर्न आग्रह गरे । 

    images

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनका लागि भएको बताउँदै आफ्नो दलबाट सुशासन नपाइएला कि भनेर आशङ्का गर्न आवश्यक नभएको बताए । प्रतिनिधि सभा नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउनुपर्छ भनेर खुलस्त रूपमा लेखेको उनले स्मरण गराए ।

    उनले भने–‘यो सदनमा अर्को व्यक्तिप्रति पटक पटक निराधार लाञ्छना लगाउन पाइँदैन भनेको छ । कानुनले कुनै निर्णय दिइसकेको छैन, सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिइसक्नुभयो । उहाँमाथि कुनै उजुरी दर्ता भएको छैन, प्रहरी कार्यालयमा आएर कसैले उजुरी दिएको हो र आफ्ना केही पत्रकारहरूलाई प्रायोजित रूपमा लेख्न लगाइएको हो । त्यसमा प्रश्न छ, निष्कर्ष छैन तर त्यसको आधारमा पटक पटक कुनै एउटा व्यक्तिमाथि गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ । आउनुस्, कानुनी रूपमा जाऔँ, प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पालेर बस्नुहुन्छ । यस्तो राजनीति नगरौँ ।’

    उनले आफ्नो दल पहिलो पटक सरकारमा जाने बेला बनाएको न्यूनतम साझा कार्यक्रम बनाउने बेला अहिलेसम्मका सबै भ्रष्ट्राचार मुद्दा छानबिन गरियोस् भनेर आफ्नो दलको तर्फबाट राखिएको बुँदा रास्वपा सरकारबाट बाहिरिएपछि कांग्रेसको सरकारले हटाएको बताए । रास्वपाले कहिले पनि भ्रष्ट्राचारमाथि छानबिन नगरौँ भनेर कहिले पनि नभनेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार