शनिबार, वैशाख २२ गते २०८१

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    २७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

    images

    ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।

    ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’

    उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आम सभा गर्न समेत आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार