काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनी र एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही २८ गते हुँदैछ।