सोमबार, वैशाख ३१ गते २०८१

गृहमन्त्री लामिछानेसहित ओली–माधव बालुवाटारमा

गृहमन्त्री लामिछानेसहित ओली–माधव बालुवाटारमा

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • गृहमन्त्री लामिछानेसहित ओली–माधव बालुवाटारमा

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दलका शीर्ष नेताबिच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल भएको हो । 

    images

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान नछोडेपछि सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । 

    कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । 

    यसैबीच सत्ता साझेदार दलबिच राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन, उपनिर्वाचन लगायतका विषयमा समेत छलफल हुने बुझिएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको समय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ