सोमबार, वैशाख ३१ गते २०८१

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे गगन र कृष्ण सिटौला

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे गगन र कृष्ण सिटौला

अखबार दैनिक
मंगलबार, चैत २७ २०८०
  • प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे गगन र कृष्ण सिटौला

    २७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् ।

    सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको बताएका थिए । त्यसलगत्तै थापा र सिटौला बालुवाटार हिंडेका हुन् ।

    प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ । तर, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ