शुक्रबार, वैशाख २१ गते २०८१

नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजमा आउने

नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजमा आउने

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजमा आउने

    काठमाडौँ । गत वर्षको चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजमा आउने भएको छ ।  नाटकलाई कान्तिपुर सिनेमाजले नयाँ वर्षदेखि वेब सिरिजको रूपमा ल्याउन लागेको हो । 

    images

    निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरूप यसलाई ओटीटीमा रिलिज गर्न लागिएको जानकारी दिएको छ । नाटकमा दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईं लगायतका कलाकारको अभिनय छ ।

    नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए ।   नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । त्यस समय हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले बताए । 

    अनुप बराल निर्देशित नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । नाटकमा न्हयु बज्राचार्यको सङ्गीत संयोजन, विप्लव प्रतीकको ट्रान्सक्रियसन र गीत छन् । नाटक कान्तिपुर सिनेमाजले वेब सिरिजका रूपमा ७ भागमा प्रसारण हुनेछ । 

    नाटकलाई सिरिजको रूपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार  निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ । सिरिजको वैशाख १ गते प्रिमियर हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार