सोमबार, वैशाख ३१ गते २०८१

सभामुख घिमिरेले शीर्ष चार दलका नेतासँग छलफल गर्ने

सभामुख घिमिरेले शीर्ष चार दलका नेतासँग छलफल गर्ने

अखबार दैनिक
सोमबार, चैत २६ २०८०
  • सभामुख घिमिरेले शीर्ष चार दलका नेतासँग छलफल गर्ने

    सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। संसद अवरोध खुलाउने विषयमा सोमबार दिउँसो २ बजे सिंहदरबारमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

    images

    यसअघि बिहान १० बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा भएकाले सारिएको अधिकारीले बताए।

    प्रधानमन्त्री 'प्रचण्ड' सोमबार बिहान १० बजेपछि चितवनबाट काठमाडौं आउनेछन्। त्यसपछि बैठक बस्ने उनले बताए। बैठकका निम्ति प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको छ। 

    कांग्रेसले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ।

    सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकोमा छानबिन गर्नुपर्नेमा उल्टै प्रधानमन्त्रीले ढाकछोप गरेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद बैठक अवरूद्ध गर्ने चेतावनी दिएको थियो।

    संसदको अवरोध खुलाउने विषयमा यसअघि सभामुख घिमिरेले  दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने शर्तमा संसद बैठक चल्न दिने भनेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ