शुक्रबार, वैशाख २१ गते २०८१

दुई टेलिभिजन शो ल्याउँदै राजेश हमाल

दुई टेलिभिजन शो ल्याउँदै राजेश हमाल

अखबार दैनिक
आइतबार, चैत २५ २०८०
  • दुई टेलिभिजन शो ल्याउँदै राजेश हमाल

    अभिनेता राजेश हमालले दुई वटा टेलिभिजन शो सञ्चालन गर्ने भएका छन्। उनले टेलिभिजन शो 'सफलताको कथा' र 'यो नेपाली शिर उचाली' सञ्चालन गर्न लागेका हुन्।  

    images

    टेलिभिजन शो 'सफलताको कथा' नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबदेखि नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटीमार्फत प्रशारणमा आउने भएको छ। त्यस्तै 'यो नेपाली शिर उचाली' हिमालयन टेलिभिजनमार्फत छिट्टै प्रसारण हुनेछ बताइएको छ। 

    'यो नेपाली शिर उचाली' मा विश्वभर फैलिएका नेपालीहरूको सपना र संघर्षको वास्तविक कहानी देखाइने छ। कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम 'सफलताको कथा' को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार