शुक्रबार, वैशाख २१ गते २०८१

गृहमन्त्री लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन : प्रवक्ता शर्मा

गृहमन्त्री लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन : प्रवक्ता शर्मा

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • गृहमन्त्री लामिछानेमाथि लागेको आरोप प्रमाणित हुने तथ्य नभेटिएकाले छानबिन समिति गठन भएन : प्रवक्ता शर्मा

    काठमाडौँ । नेपाल सरकारका प्रवक्ता रेखा शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको बताएकी छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।

    images

    गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको प्रवक्ता शर्माले जिकिर गरिन् । 

    ‘गृहमन्त्रीमाथि संसद्‌मा उठको प्रश्नको विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर बोलिसक्नुभएको छ । स्वयम् गृहमान्त्रीले पनि संसदीय समितिमा बोलिरहनुभएको छ । अहिले  छानबिन समिति बनाउनुपर्ने यथेष्ट प्रमाण नभेटिएकाले बनेको छैन’, प्रवक्ता शर्माले भनिन् । 

    सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राखी संसद अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ