बिहीबार , वैशाख २० गते २०८१

पूर्वमन्त्री शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

पूर्वमन्त्री शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • पूर्वमन्त्री शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

    काठमाडौं । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

    शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन् । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् । रोल्स रोयस ट्रेन्ट ७७२ बी इन्जिनसहितको एयरवसको ३३०—२०० जहाज खरिद भएको थियो । वाइडबडी जहाज खरिदका प्रक्रिया सार्वजनिक खरिद ऐन विपरित रहेको अख्तियारको ठहर छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ