बिहीबार , वैशाख २० गते २०८१

इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाए

इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाए

अखबार दैनिक
बिहीबार , चैत २२ २०८०
  • इलाम २ मा डम्बर खड्का, बझाङमा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाए

    २२ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२  डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।

    images

    खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । ‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी नेताले भने । संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ