बिहीबार , वैशाख २० गते २०८१

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयो : सांसद सोविता गौतम

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयो : सांसद सोविता गौतम

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयो : सांसद सोविता गौतम

    काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । 

    images

    न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । उनले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाइन् । 

    सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भिर भएर काम गर्न पनि सरकारलाई दबाब दिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ