बिहीबार , वैशाख २० गते २०८१

एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्न माग सांसद : नारायणी शर्मा

एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्न माग सांसद : नारायणी शर्मा

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • एसइई र प्लस टूपछि विदेश जाने जनशक्ति रोक्न माग सांसद : नारायणी शर्मा

    काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले स्कुल तहको पढाई सकेपछि युवाहरू विदेश पलायन हुने अवस्था रोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालमै ए लेभल पढाई हुने कलेज खोलेर उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्न माग गरेकी हुन् । 

    images

    उनले भनिन–‘अहिले एसइई परीक्षा चलिरहेको छ, प्रत्येक वर्ष एइई दिएपछिका युवा जनशक्ति विदेश पलायन भइरहेको छ । शिक्षाका नाममा विदेश पलायन हुने यो जनशक्ति रोक्नका लागि अमेरिका, क्यानडा, अस्ट्रेलियामा हुने ए लेभलका कलेज सञ्चालनको काम गर्न आवश्यक छ ।’ 

    यस्तै राज्यका विभिन्न निकायमा खुला प्रतिस्पर्धा गरेर न्यायालय, अख्तियार, संवैधानिक निकायमा काम गर्नका लागि युवाहरूले हासिल गरेको उच्च शिक्षाको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ